अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
डोटी । शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ।
भने चारजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो ।
घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।









ई-कर्णाली खबर
२९ पुष २०७७, बुधबार ०७:५६