बावुले घरमा आगाे ठाेक्दा , ज्यान गुमाउनेदुई दाजु,भाई
कालिकोट / वडा नं. ७ को दुदुल्लीमा आगोमा पोलिएर २ जनाको ज्यान गएको छ भने २ जना गम्भिर घाईते भएका छन् ।
दुदुल्ली निबासी भैरे बटालाले घरमा गएराति करिब ११ बजेतिर आगो लगाएपछी घरमा रहेको सम्पूर्ण धनमाल र उनका १२ वर्षिय छोरा गणेश बटाला र ९ बर्षिय छोरा मन बहादुर बटाला आगोमा परि घटनास्थलमै मृत्यू भएको र ४ बर्षिय छोरा खगेन्द्र बटाला र आफु बाबु भैरे बटाला घाइते भएको जिल्ला प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले बताए ।
स्थानीय बासिका अनुसार एकदुई दिन अघि श्रीमतिसँग सामान्य बिवाद पछि श्रीमति माइतिघर कुमालगाँउ गएकी र त्यसपछी रिसको आवेगमा र बिष सेवन सेवन गरि आफ्नै घरमा आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
अनुसन्धानका लागि बटालाकी श्रीमतिलाई समेत प्रहरीले नियन्त्रण लिएको र घटनाको थप अनुसन्धानका लागि प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँबाट डाक्टर जितेन्द्र महत्तोको टोली र जिल्ला प्रहरी कार्यालय कालिकोट र इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी टोली घटनास्थलमा खटाईएको प्रहरी नायव उपरिक्षक शाहले बताए । onlinenewskhabarबाट साभार









ई-कर्णाली खबर
२९ पुष २०७७, बुधबार १६:१५