गोरु भीडतिर गएपछि. (फोटो )
काठमाडौं / माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ ।

गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् ।
तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक गएका थिए ।









ई-कर्णाली खबर
१ माघ २०७७, बिहीबार १६:१९