Loading... आजः २० मंसिर २०८२, शनिबार

मान्म देखि नरहरीनाथ जोड्ने पुलको अवलाेकन सुरु

ललित बिष्ट कालिकोट/ जिल्लाको खाडाचक्र नगरपालिका र नरहरीनथ गाउँपालिका जोड्ने झुलुङ्गे पुलको स्थलगत अनुगमन गरीएको छ।

 

 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य खाडाचक्र नगरपालिका प्रमुख जसि प्रसाद पाण्डेको बिषेश पहलमा मान्मको सिव मन्दीर र नरहरीनाथ गाउपालिकाको कोटवाडा अघेरी खोला जोड्ने झुलुङ्गे पुलको प्रारम्भिक अवलोकन गरीएको हो।

अवलोकन कार्यक्रमा खाडाचक्र नगर पालिका प्रमुख जसि प्रसाद पण्डे ,प्रमुख जिल्ला अधिकारी कुष्णचन्द अधिकारी ,नेपाल ,प्रहरी प्रमुख डिएसपि चक्रबहादुर शाह, सशस्त्र प्रहरी अधिकृत रामबहादुर बोगटी पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलारम पाण्डे , नागरिक समाज कालिकोटका संयोजक एवम पत्रकार कालीबहादुर मल्ल ,रेडियो नयाँ कर्णाली कालिकोटका स्टेशन म्यानेजर भरतराज बिष्ट ,लगाएतको सहभागिता रहेको थियो।

 

खाडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिका बिच जोड्ने पुलको स्थलगत अनुगमनमा १५ सय मिटर लामो पुल निर्माण भए कालिकोट जिल्लालाई बिकास र संवृद्यिमा टेवा पुग्ने देखन्छि।