भाैरा स्मृति खोप केन्द्र पचालझरनामा स्थापना
कालिकोट / जिल्लाको पचाल झरनामा भौरा स्मृति खोप केन्द्रको स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको लेखगाउ भौनेमा भौरा खोप केन्द्र तथा गाउँघर क्लिनिकको उदघाटन गरिएको हो।
पचालझरना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको साझेदारीमा पचालझरना गाउँपालिकाको वडा नम्बर २ लेखगाउ भौनेमा निर्माण सम्पन्न भएको खोप केन्द्र तथा गाउँ घर क्लिनिक भवनको समुदघाटन पचालझरना पचाल झरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले गर्नुुुुुुुभएकाे हाे।
उक्ता भौरा स्मृति केन्द्र उदघाटन कार्यक्रममा वोल्दै पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाले भौरा स्मृति केन्द्र मात्र नभएर भौरा स्वास्थ्य इकाईको रुपमा रहने बताईएकाे छ।
भौरा जस्तै अन्य कोही पनि स्थानिय सामान्य भन्दा सामान्य उपचार नपाएर समस्या झेल्नु पर्ने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले स्वास्थ केन्द्रको लागी आवस्यक जनशक्ति तथा स्वास्थ सामग्री लगायत सम्पूर्ण जिम्मा गाउँपालिकाले लिने अध्यक्ष सेजुवालले बताउनु भयाे। ।









ई-कर्णाली खबर
३ माघ २०७७, शनिबार ०७:२०