Loading... आजः १९ बैशाख २०८१, बुधबार

रोकिएन भारतमा कोरोना संक्रमण फैलिने क्रम

काठमाडौं । भारतमा कोरोना संक्रमण अनपेक्षित रुपमा तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो समय दैनिक ७० हजारभन्दा माथि संक्रमित थपिरहेका छन् । एकैदिन संक्रमित हुनेदर यो विश्वमै सबैभन्दा धेरै हो ।

अमेरिकामा ७४ हजारसम्म दैनिक संक्रमित थपिन्थे । तर भारतमा त्योभन्दा धेरै दैनिक ७८ हजारभन्दा माथि संक्रमित थपिरहेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ५१२ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा योभन्दा धेरै ७८ हजार ७६१ कोरोना संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४ हजार ४६९ पुगेको छ ।

भारतमा दैनिक ७० हजारभन्दा धेरै कोरोना संक्रमित थपिदा नौसय देखि हजार संक्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा ९७१ संक्रमितको मृत्यु हुँदा अघल्लिो २४ घण्टामा ९४८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३६ लाख २१ हजार २४५ पुगेको छ । सबैभन्दा धेरै संक्रमण हुने र मृत्यु देशको सूचिमा भारत विश्वमा तेस्रो स्थानमा छ । लकडाउन कुखुलो बनाउँदै रेल तथा सार्वजनिक सवारी साधन सञ्चालन तथा पसल र कलकारखाना सञ्चालन हुन थालेपछि भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।