Loading... आजः २१ मंसिर २०८२, आईतवार

पहिरो पीडित लाई कम्बल वितरण

कालिकोट/ जिल्लाको नरहीनाथ गाउँपालिकाका पहिरो पिडितलाई राहत बितरण गरीएको छ । जिल्ला बिपद ब्यवस्थापन समिती कालिकोट र नेपाल रेडक्रस सोसाइटी को सहयोगमा प्रति परीवार २,२ थान कम्बल बितरण गरीएको हो ।

नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिर बहादुर बिष्टको अध्यक्षता,राष्ट्रिय सभा सदस्य जिवन बुढाको प्रमुख आतिथ्यता,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको बिशेस आतिथ्यता मा नरहरीनाथका २०६ घरपरीवारलाई कुमाल गाउँमा कम्बल बितरण गरीएको नेपाल पत्रकार महाँसंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले जानकारी दिनुभयो ।

 

गत साउन भदोैको बाढी पहिरोले घर क्षतिग्रस्त बनाए पछि रुप्साको महादेव सामुदायीक वनको क्षेत्रमा पाल टागेर चिसोमा बसिरहेका परिवार लाई कम्बल वितरण गरियको प्रमुख जिल्ला अधिकारि कृष्ण प्रसाद आचार्यले वताउनु भयो । पहिरो पीडीत परिवारको पुनःस्थापनाको लागी पहल भइरहेको बताउदै राष्ट्रिय सभा सदस्य जिवन बुढाले पिडीतलाई सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

 

पिडीतको तर्फबाट दिपेन्द्र आधारभुत बिद्यालयका प्रधानाध्यापक मान बहादुर बुढाले माल्कोट रुप्साका २०६ परीवारका १२०० ब्यक्ति ३ हजार मिटर उचाईको लेकमा कष्टकर रुपमा बसिरहेको गुनासो गर्नुभयो । राहात बितरण कार्यक्रममा नेपाली सेनाका गुल्लपति योगेशचन्द्र महत,जनपद प्रहरी प्रमुख राम बहादुर बोगटी,नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा,नेकपा प्रतिनिधी दान बहादुर बोगटी,नेपाी कांग्रेसका नगेन्द्र बहादुर बिष्ट,सोसेक नेपालका प्रमुख संगिता वलीको सहभागिता रहेको थियो ।

 

जिल्ला विपद ब्यवस्थापन समितीको तर्फबाट गत मंगलबार राती नरहरीनाथ को दुदुल्लीमा आफ्नो घरमा आगो लगायर बावु भेैरे बटालाले २ छोरा मरेका पिडीतलाई राहात बितरण गरीएको छ ।