Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

अध्यक्ष वमको सहयोग बालवालिकालाई

कालिकोट/जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष नरेश वमले, आफ्नो वडामा रहेका तिनवटा विद्यालयका अतिविपन्न, तथा जोखिमा बालवालिका लाई जाडोमा न्यानो लत्ता कपडाका साथै शैक्षिक समाग्रि वितरण गरेका छन ।

 

नेपाली काँग्रसका युवा नेता समेत रहेका वमले,आफनो बैवाहिक बन्धनमा बाँधिएको वर्षगाठमा खर्चिेने रकम लाई कमजोर बालवालिकाको लागी सहयोग गरेका हुन ।पछिल्लो समय जन्मदिन र बैवाहिक बन्धनको दिनमा फजुल खर्च गर्ने परीपाटी बढ्दै गइरहेकाले यसको न्युनिकरण र समाजिक क्षेत्रमा खर्चगर्न सवैलाई सन्देश जानु पर्नै भन्दै आफुले, यस्तो कार्यगरेको बताए ।

 

उनले भने, आफनो वडा भित्रका खपरामष्टा आधारभुत विद्यालय, महादेव आधारभुत विद्यालय र कालिका मावि आधारभुत विद्यालयका अतिविपन्न १६ जना टुहुरा, आर्थिक अवस्था कमजोर भएका बालवालिका लाई चिसोमा न्यानो जाकेट, स्कुल झोला, लगायतका स्टेशनरी सामाग्रि दिएर सहयोग गरेको उनले बताए ।अध्यक्ष वमले शिक्षा आर्जनका लागि इच्छाशक्ति भए सहयोग गर्ने व्यक्ति र संघ संस्थाहरुको कमी नहुने विश्वास व्यक्त गरे ।onlinenewskhabarबाट साभार