Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

काँग्रेस नेता शाहीले गरे रिङराेड उद्घाटन

 कालिकाेट । नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले सान्नीत्रिवेणी गाउपालिका वडा नं ५ मा रिङराेड उद्घाटन गरेका छन् । जिल्लाकाे पलाता क्षेत्रमा पाटीका कार्यक्रममा सहभागी हुँदै अाईतबार सान्नीत्रिवेणी गाउपालिका वडा नं ५ मा रिङराेडकाे पनि उद्घाटन गरेका हुन् ।

 

 

कार्यक्रममा जनप्रिय नेता शाहीले सान्नीत्रिवेणी गाउपालिका वडा नं ५ मा बनेकाे रिङराेड जिल्लाकै पहिलाे र नमुना काम भएकाे बताए । उनले विकासमा राजनीति नगरी सबैकाे एक्यबद्वताकाे खाँचाे रहेकाे बताए । सुन्दर कालिकाेटलाई समृद्व कालिकाेट बनाउने सपना अाफुले देखेकाे बताउदै उनले यसका लागि सबैकाे साथ र सहयाेगकाे अपेक्षा गरे । उनले पछिल्लाे समयमा बिकासमा देखिएकाे बेथिति र भ्रष्टाचारले जिल्ला पछाडी परेकाे दाबी गरे ।

 

 

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभापती दमनबहादुर शाही, काँग्रेस महिला नेतृ शुशिला बम, काँग्रेस नेता भानुभक्त संज्याल, सान्नीत्रिवेणी गाउपालिका सभापती दिपबहादुर बम, सान्नीत्रिवेणी गाउपालिका वडा नं ५ का वडा अध्यक्ष नरेश बम, निविसंघ केन्द्रीय सदस्य शुशिला गिरी, नेपाल प्रेस युनियन कालिकाेटका अध्यक्ष बिष्णु न्याैपाने लगायत स्थानियवासीहरुकाे उपस्थिति रहेकाे थियाे ।