आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी
कालिकोट। दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ ।नगरपालिका र एक फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण गरिएको विषयलाई लियर नेपाली कांग्रेससँग आबद्ध व्यक्तिहरुले आईतबार तालाबन्दी गरेका हुन्न ।
राकमकर्णाली स्थित रारा पोलिक्लिनिक तथा जेएन फार्मेसी सँगको मिलेमतोमा नगर स्वास्थ्य शाखाले पुस १७ गते ४ नम्बर वडामा म्याद नाघेका विभिन्न १० प्रकारका औषधि वितरण गरेको थियो ।उक्त, विषयलाई लियर पटक–पटक कार्बाहीको माग गर्दा पनि नगरपालिकाले वास्ता नगरेको उनहिरुको भनाई छ।
स्वास्थ्य शाखाका कर्मचारी र पोलिक्लिनिकको मिलेमतोमा म्याद नाघेका र म्याद नाग्न केही महिना बाँकी रहेका औषधि विभिन्न वडामा वितरण गरिएको स्थानीयको आरोप छ ।
म्याद नाघेका औषधि वितरण गरेको पाइएपछि नेपाली कांग्रेसले अनुगमन नै गरेको थियो । सो क्रममा पनि म्याद नाघेकै औषधि खरिद गरिएको पाईएको नेपाली कांग्रेस आठबीसका युवा नेता अर्जूनबहादुर शाहीले बताए ।
स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सिना र रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीका सञ्चालक जिवानन्द मेहताको मिलेमतोमा औषधि खरिद गरिएको काँग्रेसको आरोप छ ।स्वास्थ्य शाखाले राकमकर्णाली स्वास्थ्यचौकीमा आपतकालीन औषधि भन्दै म्याद सकिएका औषधि पठाएको भन्दै केही समय अघि नै विज्ञप्ति निकालेको थियो ।










ई-कर्णाली खबर
४ माघ २०७७, आईतवार १६:१३