प्रेमपूर्ण प्रताप फाउण्डेसन द्धारा शैक्षिक सामाग्रि
कालिकोट/ जिल्लाको महावै गाउँपालिका–५ का एक सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । प्रेम पूर्ण प्रताप फाउण्डेसन दोलखाको सहयोगमा अभियान्ता राजेश हमालको पहलमा वितरण गरिएको हो ।

महावै ५ मा रहेका कालिका उच्च माध्यामिक विद्यालय, आदर्श प्रा.वि, ग्वालकोट प्रा।वि र चुनढुङ्गा प्रा.वि मा रहेका अति विपन्न, असाय बालकालिकालाई झोला हस्तान्तरण गरिएको हो ।
विकट क्षेत्रका बालकालिकाहरुले हातमा किताब बोकेर हिँड्दै गर्दा उनीहरुको लागि सहयोग गर्ने प¥यास स्वरुप सहयोग गरिएको अभियान्ता हमालले बताए । ‘झोला हस्तान्तरण गरे संगै हातमा किताब बोकेर पढ्न आउने विद्यार्थीको बाध्यता केहि हत सम्म कम भएको छ,’ उनले भने, ‘यस्ता समस्या कर्णालीका अन्य थुप्रै क्षेत्रमा पनि छन् । यो एक सानो पर्यास हो ।
बालबालिकाको अवस्था बुझेपछि हमाल आफैले सामाग्री बोकेर महाबै पुगेका थिए । हमालले अमेरिकामा रहेकी प्रेम पूर्ण प्रताप फाउण्डेसनकी संरक्षक पदमा प्रधानको सहयोगमा विद्यार्थीलाई झोला वितरण गरिएको बताए । झोला हस्तान्तरण गरे संगै विद्यालय, विद्यार्थी, अभिभावकहरुले खुसी व्यक्त गर्दै बालबालिकालाई चाहिने अन्य सामाग्री पनि सहयोगको लागि आग्रह गरेका छन् ।









ई-कर्णाली खबर
५ माघ २०७७, सोमबार ०४:५४