Loading... आजः २२ मंसिर २०८२, सोमबार

पत्रकार न्यौपानेको रगतदानले बिरामीको ज्यान जोगियो

 ललित बष्टि माघ,६कालिकोट /  जिल्लाको नरहरीनाथ गाउँपालिका वडानं. २ निवासी नानि दर्जिको अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेका बेला नेपाल पत्रकार महासंघ  कर्णाली प्रदेशका सदस्य  एवं प्रेस युनियन कालिकोटका अध्यक्ष बिस्नु प्रसाद न्यौपानेले रक्तदान गरी सहयोग गनुभएको छ।

 

 

जिल्ला अस्पताल कालिकोटमा पृथ्वी रक्तदान वीर फाउण्डेशनका कार्यालय सचिब पवन आचार्य र जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले रगतको आबश्यक्ता परेको भन्दै आफुलाई खबर गरेपछि आफु जिल्ला अस्पताल कालिकोटमा पुगेर डाक्टर बिज्ञान प्रजापती र डा.किरण शाही लगायतको सहभागितामा रक्तदान गरेको पत्रकार न्यौपानेले बताउनु भयो।

 

 

रक्तदान कार्यक्रमा पत्रकार न्यौपानेले कालिकोट जिल्लामा रगतकै अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोश भन्ने आफ्नो मान्यता रहेको हुदा आफुले आज सम्म १० पटक रक्तदान गरी सकेको बताउनु भयो।

 

बिरामी हरुलाई रगत आवश्क हुने भएको हुदा ईच्छुक ब्याक्तीले एस अभियानमा जोडिन पृथ्वी रक्तदान वीर फाण्डेशनका प्रतिनिधि तथा समाजसेवी युवा पवन आचार्यले,आग्रह गनुभयो।

 

अस्पतालको ल्याबमा कार्यरत अस्मिता शाहीले पनि रक्तदान गरेकि छन्न।अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेकी नानि दर्जिलाई रगत दियपछि स्वास्थ्यमा क्रमिकसुधार आयको स्वास्थ्यसेवा कार्यालय कालिकोटका डा. किरण शहीलेबातउनु भयो।

रक्तदान जिवन दान भएको  हुदा सबैले सहयोग गर्न अनुरोध छ।