Loading... आजः २० मंसिर २०८२, शनिबार

जनचेतना फैलाउदै सशस्त्र प्रहरी बल,नेपाल स्कुल स्कुलमा

कालिकोट / ‘’२०औ सशस्त्र प्रहरी दिवश २०७७’’को उपलक्ष्यमा सशस्त्र प्रहरी बल, नेपाल कालिकोट गुल्मले विपद् व्यवस्थापन लैङ्गिक हींसा तथा लागु पर्दाथ दुर्ब्यसन विरुद् जनचेनतामुलक कक्षाहरु जिल्ला स्थित विभिन्न विध्यालयहरुमा संचालन गरि रहेको छ ।

 

सोही अनुसार आज चुलीमालिका मा. वि. घोडेनामा कक्षा ९, १०, ११ र १२ कक्षामा पढने करीव १५० जना विध्यार्थीहरुलाई कालीकोट गुल्मका गुल्मपती डिएसपी राम वहादुर पाली बोगटीले लैङ्गिक हींसा विरुद्को सचेतनामुलक कक्षा संचालन गर्नु भएको छ ।

 

 

कक्षा संचालनको क्रममा उहाँले समग्रतामा लैङ्गिकताको अवस्था, विभेदको अवस्था, कालिकोटमा महिलाहरुको वर्तमान अवस्था, लैङ्गिक समताको लागी आवस्यक वातावरण निर्माणमा विध्यार्थीहरु तथा समाजको भुमिका लगाएतका बिषयमा प्रकाश पार्नु भएको थियो ।

 

 

यस अगाडी पनी सशस्त्र प्रहरी वल नेपाल कालीकोटले सनिवारको दिन दुर्गा मन्दीर सरसफाई गर्नुका साथै रक्त्तदान लगायतका विभिन्न किसिमका समाजिक कार्यहरु गर्दै आई रहेको छ ।