Loading... आजः २२ मंसिर २०८२, सोमबार

मतदाता नामावली अद्यावधिक संम्बन्धी एक दिने कार्यक्र सम्पन्न

जिल्ला निर्वाचन कार्यलय कालिकोटले मतदाता नामावली अद्यावधिक दावि विरोध बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।

 

निर्वाचन आयोगलाई आवश्यक पर्ने मतदाता नामावली संकलन तथा अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने र प्रदेशसभा सदस्य निर्वाचनका लागि २०७४ मा कालिकोट जिल्लामा जम्मा मतदाता संख्या ६४९६१ मध्य महिला ३१४६४ र पुुरुस मतदाता ३३८१५ रहेको थियो त्यसपश्चात निर्वाचन आयोगद्घारा बिभिन्न समयमा प्रदान गरीएका कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यलयमा मतदान स्थल खडा गरी जिल्ला निर्वाचन कार्यलयका दर्ता र घुम्ती सिविर दर्ता समेत गरी २०७७ साल पौष ५गते सम्म महिला ३५७४१ र पुरुस ३९९७२ गरि जम्मा ७५७ १३ मतदाता संकलन भईसकेको छ ।

 

कालिकोटमा मतदाता मध्य कतिपय १६ बर्ष उमेर पुरा भई नेपाली नागरिक्ता प्राप्त गरि मतदाता नामावलीमा नाम दर्ता गराएका छन । मतदाता नामावली हुनका लागि १८ बर्ष पुरा भईसकेका नागरिक मात्र मतदाता हुने कालिकोट निर्बाचन श्रोतले जनाएको छ ।

 

आयोगले तयार गरेको फोटो सहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम बिबरण हेर्न र अद्यावधिक गर्नका लागि सहज पहुज गर्नका लागि , मतादाता नामावली भएका र दोहोरोपन एबम त्रुटिहरुलाई हटाउने , मतदाता नामावली ऐन २०७३ ले ब्यबस्था गरेका कार्यहरु सम्पन्न गरि हाल सम्मका नामावली संकलित मतदाता नावावलीलाई बैधानिक्ता दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

 

 

मतदाता नामावली अद्यावधिक कार्यक्रम देश भरका ७५३ वटै स्थानिय तहलाई अधारमानी संचालन हुने र कार्यक्रम २०७७ पौष १६,१७गते त्रुटिहरुलाई हटाउने जिल्ला निर्वाचन कार्यलय प्रमुख धन बहादुर मल्लले बताउनु भयो।