नेपाल मजदुर किसान पार्टीको ४७औँ स्थापना दिवस कालिकोटमा मनाईयो
नेपाल मजदुर किसान पार्टीको ४७औँ स्थापना दिवस कालिकोटमा सफलतरुपमा मनाईएको छ । मजदुर किसान पार्टीका सचिव खड्क शाहीको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य नन्द्र बहादुर शाहीको प्रमुख आथित्यतामा स्थापना दिवस मनाईएको हो ।
कार्यक्रममा शिक्षक नेता नरदिप शाही बिषेश अतिथिका रुपमा सहभागी रहनु भएको थियो । संसारका मजदुरहरु एक हौँ भन्ने मुल नाराको साथमा जिल्लाको नरहरीनाथ चोकमा कोेर्णशभा गरी स्थापना दिवस मनाएको हो ।
सभामा वोल्दै प्रमुख अथितिले कालिकोट जिल्लामा अव मजदुर किसान पार्टीले बिकाशको नयाँ बाटो रोज्ने हुदा सम्पुर्ण किसानहरुले मजदुर किसान पार्टीलाई साथदिन अनुरोध गनु भयो ।
नेता शाहीले प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनताको रक्षाका लागि संसद बिघठन गर्नु जायज भएको वताउनुभयो । उहाँले पार्टीको आन्तरिक कलहले गर्दा देश संकटमा पर्ने खतरा वढेका कारणले संसद बिघठन गरेर नयाँ जनादेशमा जानु जायज भएको वताउनुभयो ।









ई-कर्णाली खबर
१० माघ २०७७, शनिबार १३:००