Loading... आजः २० मंसिर २०८२, शनिबार

पलाँताकाे नाइवाडामा गाडी,अध्यक्षद्वारा उदघाटन

कालिकोट/जिल्लाको पलाता गाउँपालिका ८ नाइबाडा अंगाउमा रोडको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले रिबन काटदै उदघाटन गर्नु भयो ।

 

 

बन्दाबन्दी खुकुलो भएपछि विकास निर्माण कार्यहरुले तिब्रता लिएको छ । कोरोना रोग संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषण गरेको बन्दाबन्दीको कारण वार्षिक विकास निर्माण कार्यहरु रोकिएका थिए । अहिले भने पलाता गाउँ पालिकाले बिकास निर्माणका काम हरु लाई पहिलो प्राथमिकता राख्दै कहिले भवन कहिले सडक कहिले खाने पानीको उदघाटन गर्नु हुन्छ ।

 

 

आजको सडक उदघाटन कार्यक्रममा बोल्दै पलाँता गाउँ पालिका अध्यक्ष बमले सरकारले गरेका भौतिक समर्चनाको पलाता सरकार लाई सपोट समर्थन गरेको बताउनु भयो । अझै आगामी दिनमा सपोट हुने र बिकास निर्माणले तिब्रता पाउने बताउनु भयो ।

 

नागरिकको जीवनस्तर, गरिबी, आर्थिक असमानता, पलाताका लागि पलाता सरकारले सक्ने गरि लागि परेको बताउनु भयो । जसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुने र पलाँता समृद्धि हुने बताउ उहाले थप्नु भयो ।

 

 

उक्त कार्यक्रममा सभा अध्यक्ष पटक बम, प्रमुख अतिथि पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा, बिशेश अतिथी गाउँ पालिका उपाध्यक्ष दाना न्यौपाने, अथिती २ का वडा अध्यक्ष बिद्वी कामि (बिरि), ९ का अध्यक्ष टक्क बहादुर बम, ७ का अध्यक्ष बर्ज बहादुर बम लगाएत युवा नेता हरुले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो ।