Loading... आजः २२ मंसिर २०८२, सोमबार

विप्लव समुहको बन्द सफल भयाे,एरिया ईन्चार्ज बिष्ट

ललित बिष्ट कालिकोट/ बिप्लव समुह नेकपा कालिकोटले बन्द पुर्णरुपमा सफल भएको जनएको छ । केन्द्रीय सचिवालय सदस्य धर्मेन्द वास्तोला कन्चनको गैरन्यायिक गिरप्तारी बिरुद्द नेकपाले हिजोगरेको नेपाल बन्द पुर्णरुपमा सफल भएको प्रतिक्रिया दिएको हो।

 

एरिया नं ७ का ईन्चाज सितल बिष्टले बन्दमा सहयोग गर्नु हुने पार्टी कमिटी व्यापारी यातायात ब्यबसायिक पत्रकार सबैलाई धन्यावाद दिनु भएको छ ।यदी यो संघर्षले नेतालाई बिना सर्त रिहा नगरे थप संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

 

एक हप्ता अगाडी ललितपुरवाट वास्तोला सहितका ३ जना नेकपा बिप्लव समुहका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ३ जना मध्य एक जना कालीकोट रास्कोट २ का बिवेक कुमाल पनि प्रक्राउ पर्नु भएको छ ।