सातै प्रदेशमा आज कोरोना विरुद्धको खोप पु¥याइने
सरकारले अनुदान स्वरुप पाएको कोरोना विरुद्धको खोप आजदेखि सात वटै प्रदेशमा पठाउने भएको छ ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सात वटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।
भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। उहाँका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिने र आजसम्म सबै प्रदेशमा खोप पुग्नेछ । पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने छ ।
सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय विभिन्न अस्पतालबाट खोप लगाइने सरकारको तयारी छ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिने पनि बताइएको छ । उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइ कर्मीलाई दिइनेछ ।









ई-कर्णाली खबर
११ माघ २०७७, आईतवार ०५:५५