Loading... आजः २२ मंसिर २०८२, सोमबार

सुत्केरी बचाउँन घरमै हेलिकप्टर

कालिकोट/ जिल्लाको पलाँता गाउँपालिका वडा नं ५ का वडाध्यक्ष बिरबहादुर वमले घरको आँगनमै हेलिकप्टर बसाली एक सुत्केरी महिलाको ज्यान जोगाएका छन ।

 

दुर्गम पलाँता गाउँपालिका –५ कि २२ वर्षिय निरु विकले बच्चा जन्माउन नसकेपछीे अत्याधिक रक्तश्रब भई मृत्युको दोसारमा रहेकी विकलाई वडाध्यक्ष वमले उपचारको लागी नेपाली सेनाको हेलिकप्टर आर्फत उद्धार गरेका हुन ।

 

पेटमै मरेको बच्चा जन्माएकी निरुले, दुई दिनपछी अत्याधिक रगत बग्नथाले पछी उनलाई गाउँमै उपचार सम्भव थिएन । रगत बगेर स्वास्थ्य संस्थामा पुगाए पनी यता उपचार सम्भव नभएपछी उनको हेलिकप्टर मार्फत उद्धार गरिएको उनका आफनतले बताए ।

 

बच्चा जन्माइसके पछी अत्याधिक रगत बगेर ज्यान जाने खतरा भएपछी वडाध्यक्ष विरबहादुर वमले पलाँता ५ मै उनकै घरमा हेलिकप्टर बसालेर उनको उद्धार गरेका हुँन । सुत्केरी संगै गृहमन्त्री रामबहादुर थापा बादल संगै सुत्केरीको उद्धार गरीएको हो ।

 

उनले भने, प्रमुख जिल्ला अधिकारी,संग भनेपछी सवैको सहयोगमा सुत्केरीको उद्धार गरी ज्यान जोगाएको वमले बताए । उनले भने,’ ‘ नागरकिकको ज्यान जोगाउनु हामि सवैको कतव्य हो’ । अझै हामि सरकारका प्रतिनिधिको बढिनै दायित्व हुन्छ । आफु जनताको सेवामै निरन्तर लागिरहेको उनले बताए ।

 

 

समयमै उपचार नपाएर यो भन्दा पहिले संयौँ सुत्केरी आमाको ज्यान जाने गरेको थियो । अहिले राष्ट्रपती उत्थान कार्यक्रम आएपछी सुत्केरीको ज्यान जोगिएको छ । उनी केपि वलीले समुहका नेकपाका जनप्रयि नेता समेत हुन ।