रास्कोटका युवा श्रमरोजगार वैंक छोडेर भारत जादै
कालिकोट / जिल्लाको रास्कोट नगरपालिकाले युवा रोजगारका लागि गठन गरेको श्रमरोजगार वैकका सदस्य पनि काम बिहिन भएका छन ।
कोरोनाको कहरले गर्दा वजेट जति ब्यवस्थापनमा खर्च हुदा श्रमरोजगार वैकका सदस्य काम बिहिन भएका हुन । दुई सय ६० जनाको समुहमा गठन गरेको श्रमरोजगार वैकका दश जना टिम कमान्डर रहेका छन । जसले नगरमा पहुँच राख्न सक्यो उसैको समुहले मात्र काम पाउने अरुले घरमै वस्नु पर्ने भएपछि सदस्यहरुले श्रमरोजगार छोडेर भारत तर्फ जान थालेका छन ।
रास्कोट दुईका टंक सिम्खाडा एकाबिहानै झोला वोकेर कर्णाली राजमार्गको छेउमा हिडिरहेका थिए । कताको यात्रा भन्दा आफु रोजगारीका लागि भारत जान लागेको वताउनुभयो ।
किन श्रमरोजागर वैकको सदस्य होईन भन्ने प्रश्नमा उहाँले महिलामा पाँच दिन काम गरेर घर खर्च चलाउन नसक्ने भन्दै भारत जान लागेको वताउनुभयो । उहाँले आफै कोरोनाले गर्दा वजेट भरी क्वारेन्टाईन र आईसोलेशनमा खर्च भयो । वाँकी रहेको रकम पहँचवाला समुहले आफ्नो समुहले काम गर्ने भन्दै आफैले योजनाको जिम्मा लिएका कारणले आफु रहेको समुह लगाएतका धेरै समुहका सदस्य ब्यरोजगार भएको वताउनुभयो ।
यता रास्कोट नगरपालिका प्रमुख कासिचन्द वरालले केही योजनाको सम्झौता नहुदा श्रमरोजगार वैकका सदस्य काम बिहिन भएको भन्दै अव योजनाको सम्झौता गर्ने र जनता संगै श्रमरोजगार वैकका सदस्यलाई काममा लगाउने वताउनुभयो । उहाँले कोरोना संङ्क्रमीतको ब्यवस्थापनमा धेरै बिकासे वजेट खर्च भएका कारणले श्रमरोजागार वैकका सदस्यले केही महिना काम नपाउदा निरास भएको सुनाउनुभयो ।
प्रमुख वरालले अव निरास हुनु पदैन नगरले समानताका आधारमा सबै समुहलाई काम दिने समेत वताउनुभयो । रास्कोट नगरपालिकाले २०७६ साल माघ सात गते रास्कोट श्रमरोजगार नाम दिएर ठुलो संख्याका युवालाई रोजगारी दिईएको थियो ।









ई-कर्णाली खबर
१४ माघ २०७७, बुधबार १३:४५