कालिकोटमा ७९ जनालाई लगाईयो कोरोना बिरुद्धको खोप
कालिकोट/ जिल्लामा ७९ जनाले कोभिड विरुद्धको खोप लगाएका छन । नेपाल सरकारले देशका ७७ वटै जिल्लामा एकैसाथ खोपको सुरु गरे अनुसार कालीकोटमा पनि आज पहिलो दिन ७९ जनाले खोप लगाईएका हुन ।
कोरोना बिरुद्धको पहिलो खोज स्वास्थ्य सेवा कार्यालय कालीकोटका सुचना अधिकारी कटकवहादुर महतले लगाउनु भएको हो । हिजो मात्र जिल्ला प्रशासन कार्यालयको सभाहलमा संचारकर्मि र सरोकारवालहरु लाई खोप लगाउने वारे जानकारी गरिएको थियो ।
पहिलो चरणमा कालीकोट जिल्ला भित्रका निजि तथा सरकारी स्वास्थ्य सस्थामा काम गरेका कोभिडको वेला अग्रपन्तिमा खटिएका स्वास्थ्य कर्मिलाई खोप लगाउने भनिएको थियो ।
आज खोपपनि ७९ जना स्वास्थ्यक्रर्मीलाई खोप लगाईको छ । पहिलो खोप लगाउनु भएका सुचना अधिकारी कटकवहादुर महतले आफुलाई कुनै महसुस नभएको वताउनुभयो ।
कुनै पनि महसुस भएन र कुनै असरको पनि महसुस अहिले सम्म नभएको महतले वताउनुभयो । ७९ जना सबै स्वास्थ्यक्रर्मी खोप पछि अहिले संगै वसेर अनुभुति गरिरहेका छन । तर कसैलाई फरक अनुभुती भएको पाईएको छैन । कालीकोटमा दुई हजार भन्दा वढी खोप आईपुगेका छन । पहिरो चरणमा भने कालीकोटका एक हजार एक सय जनालाई लगाईने छ ।









ई-कर्णाली खबर
१४ माघ २०७७, बुधबार १४:२८