प्रचण्ड – माधव समूह का कार्यकर्ता द्वारा बिध्यार्थी नेता उपाध्याय माथी भौतिक आक्रमण
सुर्खेत / कर्णाली प्रदेश को राजधानी वीरेन्द्रनगर को गणेश चोक देखि भैरब स्थान जाने बाटो स्थित राम मेडिसिन डिष्टृब्युट्रस बाट आफ्नो मेडिकल को औषधि लिएर फर्किने क्रम मा स्कुटर मा सवार अनेरास्ववियु कालिकोट जिल्ला का जिल्ला कमिटी कार्यालय सदस्य गोकर्ण प्रसाद उपाध्याय माथी भौतिक आक्रमण भएको छ ।
कालिकोट जिल्ला कै महावै गाउँपालिका वडा नं ५ का सुर्खेत बस्तै आएका प्रचण्ड – माधव समूह निकट मानिने अनेरास्ववियु कालिकोट का नेता भनिने र हाल गोल्डेन ब्रिज कम्य्युटर ईन्स्टिच्यु का संचालक हिक्मत शिंह ले आक्रमण गरेका हुन ।
आफ्नो सामान लिएर फर्किने क्रममा हिक्मत सहित एक जना अर्का अनेरास्ववियु केन्द्रिय सदस्य भिम आचार्य संगै आएका शिंह ले एक्कासी हातपात गरेका हुन हातपात किन र के कारण गरियो अहिले सम्म खुल्न आएको छैन ।
पिडित उपाध्याय ले जानकारी दिनु भयो । र यो हातपात को कुरालाई लिएर फेसबुक वा अन्य कोहि संग कहि कतै भनिस वा थाह दिईस भने त बस्ने कोठामै आएर हात खुट्टा भाचेर फालिदिने धम्की समेत दिएको पिडित ले जानकारी दिए ।
पिडित उपाध्यायलाई चोटपटक भने छैन अहिले अवस्था सामान्यजनक रहेको छ । आफुलाई हिक्मत शिंह लगाएत को टोलिले बारम्बार ज्यान मार्ने धम्की दिईरहने र आफुले साथिहरु हुन भनेर माफी दिदै आएको अब नसहने र आक्रमण गर्ने हिक्मत शिंह लगाएत को टोलिलाई ज्यान मार्ने उद्धोग अन्तर्गत को किटानी मुद्दा दर्ता गर्ने पिडित उपाध्याय को भनाई छ ।









ई-कर्णाली खबर
१५ माघ २०७७, बिहीबार १४:५६