चक्रपथमा राति सेनाका बख्तरबन्द गाडीको चक्कर
माघ,१९काठमाण्डौं / राति नेपाली सेनाका बख्तरबन्द गाडीहरुले मार्चपास गरेका छन । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । गएराति १० बजे पछि मार्च गरिएको थियो ।
यस चक्करमा सेनाका दर्जनौ बख्तरबन्द गाडीहरु सामेल थिए ।माघ १९ मै २०६१ सालमा तात्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएकाले पनि सो दिनमा सेनाले गरेको अभ्यासलाई कतिपय मानिसले आश्चर्य मानेका छन् ।
यद्यपि, यो मेकनाईज्ड युनिबाट हुने नियमित अभ्यास भएको सैन्य प्रवक्ता सन्तोष पौडेलले अघिल्लो दिन ट्वीटर मार्फत जानकारी दिएका थिए ।यसै गरी माघ २१ गते उपत्यका बाहिर रहेका पृतनाहरुले सडकमा बख्तरबन्द गाडीहरुको प्रदर्शन गर्ने पनि तयारी भएको छ । mirmireonlineबाट साभार









ई-कर्णाली खबर
२० माघ २०७७, मंगलवार ००:५७