Loading... आजः २० मंसिर २०८२, शनिबार

भुमि आयोगको अध्यक्षमा धिरबहादुर वम

कालिकोट/भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्लामा जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्य समिति चयन गरेको हो । कालिकोटमा पनी तिन सदश्यि समिति बनाएर पठाएको छ ।

अध्यक्षमा पलाँता गाउँपालिकाका धिरबहादुर वम, सदस्यमा महावै गाउँपालिका गेला निवासी राजेन्द्र बहादुर थापा, र विषय विज्ञमा खाँडाचक्र नगरपालिका १ निवासी रमेश नेपाली रहेका छन । आयोगका अध्यक्ष वम, र सदस्य थापा नेकपा केन्द्रिय सदस्य समेत हुन ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ ।  by-onlinenewskhabar