Loading... आजः २० मंसिर २०८२, शनिबार

नेपाल पत्रकार महासंघ कालिकोटको १३औँँ बार्षिक साधारण सभा सम्पन्न

कालिकोट / सत्य,तथ्य,निषपक्ष पत्रकारिता जिम्मेवार र जवाफदेही पत्रकारभन्ने मुलनाराका साथ नेपाल पत्रकार महासंघ कालिकोटको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता,कर्णाली प्रदेश सरकारका माननीय सदस्य तथा संसदीय दलका सचेतक कुर्मराज शाहीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही , नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पुर्णचन्द्र चौलागाँई ,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।

नेपाल पत्रकार महासंघ कालिकोटको १३ औ बार्षिक साधारण सभाको ःतस्बीर

नेपाल पत्रकार महासंघ कालिकोटको १३ औ बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका कर्णाली प्रदेश सभा सदस्य माननीय कुर्मराज शाहीले पत्रकारका कलम नचलेको भए आज पन्चायती ब्यवस्था नहट्ने तथा शासन पद्धति परिवर्तनका लागि पत्रकारले ठुलो भुमिका खेल्नु पर्ने बताउदै भौगोलिक कठिनताका बावजुत पनि बिकट जिल्लामा रहेर पत्रकारीताका माध्यमबाट नागरिकहरुलाई सत्य,तथ्य सुचना तथा समाचार सम्प्रेषण गरेकोमा धन्यवाद दिए । साथै शाहीले पत्रकारले तथ्य रहित समाचार लेख्नुपर्ने बताउदै केही मिडिया र पत्रकारहरुले तथ्यहिन समाचार लेखेको बताउदै पत्रकार बार्गेनिङमा नलाग्न आग्रह गरे । पत्रकार राज्यको चौथो अंग भएकाले सबै नागरिकहरुलाई न्यायपुर्ण रुपमा समाचार सम्प्रेषण गरि तथ्य खोजि गर्नु पर्ने पनि शाहीले बताए ।

नेपाल पत्रकार महासंघ कालिकोट का सचिव खडानन्द अधिकारीले नागरिकलाई सुसूचित गर्नका लागि कलम चलाउने पत्रकारहरुलाई वर्तमान असुविधाका कारण वास्तविक घटनालाई सहि समयमा सम्प्रेषण गर्न कठिनाई भएको बताउदै भौगोलिक विकटताका कारण पनि जिल्लामा रहेर पत्रकारीता गरेकोमा पत्रकारहरुलाई धन्यवाद दिदै अधिकारीले आगामी दिनमा पत्रकार सुदृढीकरणलाई निरन्तरता दिदै नयाँ र क्रियाशील पत्रकारको क्षमता विकासमा जोड दिनु पहिलो प्राथमिकता रहेको बताए ।

 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले पत्रकार आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिदै पत्रकार र पत्रकारीता पेशालाई थप मर्यादित बनाउन पहल गर्नु आवश्यक रहेको बताए । उनले भने अब कालिकोटमा खोज पत्रकारीतालाई प्रोत्साहन गर्न कार्यक्रम संचालन गर्ने र निष्पक्षताको खोजिमा पत्रकार दा‌ैडिनु पर्ने बताएका छन् ।

 

नेपाल पत्रकार महासंघ कालिकोटको बर्षको प्रगति प्रतिवेदनमा विभिन्न कार्यक्रम संचालन भएका छन् । पत्रकार महासंघको भवन थप व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई आर्थिक प्रतिवेदन समेत दिईएको छ । आर्थिक बर्ष २०७६र०७७ मा ३७ जना नयाँ सदस्य नेपाल पत्रकार महासंघ कालिकोटमा सिफारिस गरिएका छन् । ३ बर्षको अवधीमा १८ पटक नेपाल पत्रकार महासंघ कालिकोटको बैठक बसेको छ ।