चर्चित गायिका अञ्जु पन्तको दोस्रो बिहे हुदै, को हुन् प्रेमी
काठमाडौं / चर्चित गायिका अञ्जु पन्त अब बिहे गर्ने निष्कर्षमा पुगेकी छन् । १० वर्षअघि गायक मनोजराज शिवाकोटीसँग सम्बन्ध विच्छेद गरेर एकल जीवन जिउँदै आएकी अञ्जुले छोरीको सल्लाहअनुसार बिहे गर्ने मनस्थिति बनाएको उनी निकट एक संगीतकर्मीले जानकारी दिए ।
अञ्जुले प्रेमी थिर कोइरालासँग विवाह गर्ने लागेको बताइन्छ । दुवै केही समयदेखि प्रेम सम्बन्धमा थिए । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।
आफूले गाएका गीतमा अञ्जुले छोरी परितोशिकालाई मोडलिङमा डेब्यु गराइसकेकी छन् । छोरी ठूली भएपछि अञ्जुले घरबार जोड्ने निर्णय गरेकी हुन् ।









ई-कर्णाली खबर
२० माघ २०७७, मंगलवार १४:४८