Loading... आजः २२ मंसिर २०८२, सोमबार

नरहरिनाथ गाउँपालिकाको आठौँ हिउँदे गाउँसभा सुरू

माघ,२१ कालिकोट / जिल्लाको नरहरिनाथ गाउँपालिकाले आफ्नो आठौँ हिउँदे गाउँसभा सुरू गरेको छ । बुधवार गाउँपालिको केन्द कुमालगाउँमा एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष धिरबहादुर विष्ट र उपाध्यक्ष मनसोभा बुढाले आठौँ हिउँदे गाउँसभाको उद्घाघटन गरेका हुन ।

सभाको पहिलो दिनमा विभिन्न विषयगत शाखा, सवै वडापालिकाहरूको प्रस्तावित प्रतिवेदन प्रस्तुत गरिएको उपाध्यक्ष मनसोभा बुढाले बताईन । सभाले महत्त्वपूर्ण निर्णयहरू गर्ने उनले बताईन ।

वजेट पुर्णरूपमा कार्यान्वयन , सहज सेवा, विकास निर्माणका कामहरू लाई पार्दशि, मितव्यहिता तिब्रता दिन सभाले महत्त्वपूर्ण निर्णय गर्ने, नि । प्रमुख प्रशासकिय अधिकृत दुर्गालाल न्यौपानेले जानकारी दिए ।

b-y onlinenewskhabar