कालिकोटमा बिहीबार रातिदेखि अविरल बर्षा किसानहरु खुसी
कालिकोट / बिहिबार राति देखि परेको अबिरल बर्षा कालिकोट जिल्लाकाबिभिन्न क्षेत्रमा रहेकाकिसानहरुकालागि हिरानै भएको छ । लामो समय सम्मपानिनपरेकाकारण जिल्लाकाबिभिन्न क्षेत्रहरुमा खडेरिको उच्चजोखिम भएपछि किसानले लगाएको गँहुबालि नष्ट हुदै गएको थियो ।
किसानले दुखका साथलगाएको गँहुबालितथाअन्यमौसमि बेमौसमि तरकारि र अन्नबालि समेत खडेरिकाकारण सुक्दै गएको पलाँता७काधनविरे कामिले बताउनु भयो । उहाँले भन्नु भयो पानिनपरेको भएपलाँतामा फेरि पनिभोकमारिको समस्या जटिल हुदै जाने थियो, तर पानि परेपछि यहाँकाकिसानहरुको आसापलाएको छ ।
लामो समय देखि पानिनपरेकाकारण बिभिन्न रोगहरु देखिनुका साथै मानिसहरुको आउजाउगर्ने बाटो घाटोहरु समेत धुलाम्मे थिए, पानि परेपछि धुलाम्मेबाटोमाधुलो नरहेको, किसानको बारिमा सुकेको बालिपलाएको दृष्यले आफुहरुलाई निक्कै उत्साहित रहेको खाँडाचक्र नगरपालिका वडानं. ११ काअगुवाकिसानतारा भारतिले बताउनु भयो ।
अविरल परेको पानि सँगै अग्ला डाँडाकाँडाहरुमा हिमपात समेत भएको छ । हिमपात भएपछि हिजो अस्तिको भन्दाआजअलि बढिनै चिसो बढेको भर्ता ३ कानन्दबहादुर शाहीले बताउनु भयो । अहिले जिल्लाका बडिमालिका, चुलिपुगलगाएतकाअग्ला डाँडाहरु हिउँले ढकमक ढाकेको दृष्यहरु हेर्न सकिन्छ । यस्ता मनमोहक दृष्यहरु हेन्र्न कालिकोटमा आन्तरिक तथाबाह्यपर्यटकहरुको घुइचो लाग्ने अनुमानगर्न सकिने नेपालपत्रकार महाँसंघ कालिकोटशाखाकाअध्यक्षतुलाराम पाण्डेले बताउनु भयो ।
हिजो राति देखि परेको अबिरल बर्षाले जिल्लाकाकुनै पनि ठाउमा क्षतिनपुर्याएको तर किसानलाई भने फाइदापुर्याएको जिल्लाप्रहरि कार्यालयकाप्रमुखप्रहरि नायवउपरिक्षक चक्रबहादुर शाहले बताउनु भयो ।हिउँदको समयमा परेको अबिरल बर्षाकाकारण चिसो पनि बढेकाले जिल्लाबासिहरुलाई चिसोबाट बच्न स्वास्थ्यकर्मिले सुझावदिएका छन् ।
जिल्ला अस्पताल कालिकोटका डाक्टर राजकमल कार्किले यस्तो बेला घरमै बसेर आगो ताप्ने झोलिलो खानेकुरा खाने, पानिमानभिज्ने सुझाबदिनु भएको छ । शरिरमाचिसो घुस्ने बित्तिकै हामीलाई रुघाखोकिलगाएतका रोगहरुले आक्रमण गर्ने भएकाले सर्वप्रथमबालबालिका बुढाबुढिहरुले बिषेस ध्यानदिनु पर्ने बताउनु भयो ।









ई-कर्णाली खबर
२३ माघ २०७७, शुक्रबार १३:३४