Loading... आजः १८ मंसिर २०८२, बिहीबार

पत्रकार थापा माथि दैलेखमा हातपात

उपाध्यक्षका छाेरा प्रहरी नियन्त्रणमा

कालिकोट / पत्रकार शेरबहादुर थापालाई महावु गाउँपालिकाका उपाध्यक्षका छाेराले हातपात गरेका छन् ।समाचार संकलनका लागि दैलेखको महावु गाउँपालिका पुगेका थापा माथि हिजो गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढाका छाेरा ध्रुव बुढाले हातपात गरेका हुन् ।

 

महावु गाउँपालिका ५ गैडाबाजमा रिपोर्टिङका लागि गएका पत्रकार थापा माथि बुढाले हातपात गरेकाेपुष्टि प्रहरी चाैकी गैडाबाजले गरेको छ । घटनाबारे अनुसन्धान भईरहेकाे र कुटपिट गर्ने बुढालाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।