Loading... आजः २० मंसिर २०८२, शनिबार

सरकार बिरुद्व कालिकाेटमा बिराेध प्रदर्शन

कालिकाेट /कालिकाेटमा बर्तमान सरकारकाे असम्बैधानिक कदमका बिरुद्वमा बिराेध प्रदर्शन भएकाे छ ।

नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन, शिक्षक संघ, स्वास्थ्यकर्मी संघ, ट्रेड युनियन काँग्रेस लगायतका सुवेच्छुक संस्थाहरुकाे अायाेजनामा बर्तमान सरकारकाे असंबैधानिक कदमका बिरुद्वमा बिराेध प्रदर्शन तथा बिराेध सभा अायाेजना गरिएकाे हाे ।

नेपाल निजामति कर्मचारी युनियन संघका अध्यक्ष नरदल बुढाकाे अध्यक्षता, नेपाली काँग्रेसका महासमिति सदस्य टेकराज शाहीकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा संसद बिगठन तथा मुदुकमा बढिरहेकाे भ्रष्टाचार, अनियमितताकाे बिरुद्वमा बिराेध जनाएका छन ।

 

कार्यक्रममा काँग्रेस नृता टेकराज शाही, हिक्मत बिष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बिस्नप्रसाद न्याैपाने, शिक्षक संघका प्रदेश उपमहासचिव नवीन हमाल, शिक्षक संघका अध्यक्ष दिपराज शाही, स्वास्थ्यकर्मी संघका अध्यक्ष धर्मराज शाही, कर्मचारी युनियनका उपाध्यक्ष अबिराज शाही, शिक्षक नेता प्रमाेद शाही लगायतका वक्ताहरुले स्थानिय सरकारदेखी प्रदेश र संघिय सरकारले गरेका गलत कामहरु र संसद बिघटनका बिरुद्वमा भण्डाफाेर गरेका छन् ।

 

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मानबहादुर राेकाया, कालिकाेटका सचिव यशाेधा शाही, सहसचिव तथा प्रदेश ख का सभापती दमनबहादुर शाही, शिक्षक संघकी प्रदेश उपमहासचिव यमुना बम लगायतका नेताहरु, काँग्रेसका विभिन्न भातृ तथा सुवेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।