Loading... आजः २२ मंसिर २०८२, सोमबार

महिला बलात्कारको आरोपमा प्रहरीमा उजुरी

कालिकोट ।२५,माघ   ३६वर्षीया महिलालाई खाडाचक्र नगरपालिका–९ का ३२ वर्षीय जयाबहादुर विकले बलात्कार गरेका छन् । आरोपित विकले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा आज उजुरी दिएका छन् ।

 

पीडित महिलालाई आरोपितले माघ २३ गते राति आफन्तको नुवारानमा गएको समयमा पिसाव फेर्न जादा लखेटदै समातेर बलात्कार गरेको पीडितले बताउनु भएको छ ।

 

उजुरी आएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित फ्राहार आवस्थामा रहेकाले खोजि भइरहेको कालिकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर साहले बताउनु भयो ।

 

पीडित महिलाको स्वास्थ्य परीक्षण आजै जिल्ला अस्पताल कालिकोटमा गरिएको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक महतले बताउनु भएको छ ।आरोपि नेपाल राष्ट्रिय दलिल कल्याण संघ एनएनडिएस डब्लुका जिल्ला अध्यक्ष समेत रहेका छन् ।