‘पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनले सबैलाई समेट्छ’ : अध्यक्ष सिग्देल
बर्दिया, माघ २५/ नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनले सबैलाई समेट्ने बताएका छन् । बर्दियाको डल्लामा आइतबार आयोजित लुम्बिनी प्रदेश स्तरिय प्रेस युनियनका जिल्ला अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दैै उनले पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा युनियनले सबै संगठनलाई समेट्ने स्पष्ट पारेका थिए ।
पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा युनियनले सक्षम ब्यक्तिलाई अगाडी सार्ने उहाँले जोड दिए । आफु काठमाडौं पुगेपछि पत्रकारका विभिन्न संगठनसँग बसेर छलफल गर्ने पनि जानकारी दिए । प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको संगठन भएको स्मरण गराउँदै उहाँले मुलुकको राजनीतिक घटनाक्रमबाट लोकतन्त्र नै अप्ठ्यारो अवस्थामा परेको र पत्रकारिता क्षेत्र पनि अछुतो नरहेको बताए । कतिपय सञ्चार माध्यमले पत्रकारलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको बताउँदै पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन प्रेस युनियनले वकालत गर्दैै आएको स्मरण गराए। ‘प्रेस युनियन पत्रकारको पक्षमा सधैं दृढ रुपले प्रस्तुत हुन्छ,’ उनले भने ।
कोरोना भाईरसकोभिड–१९ महामारीको बहानामा केही सञ्चार माध्यमले पत्रकारलाई कामबाट निस्काशन गर्ने, बेतलबी विदामा बस्न लगाउने काम गरेको भन्दै युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्ने बताए । ‘विगतमा हामी पीडित पत्रकारको पक्षमा बोल्दै आएका छौं, अझैपनि हामी प्रतिवाद गर्न तयार छौं,’ सिग्देलले भने । जिल्लामा पत्रकार महासंघभित्र आफ्नो नेतृत्व ल्याउन युनियनका शाखाहरु अन्य संगठनलाई पनि समेटेर अगाडी बढ्नुपर्ने निर्देशन दिए।
‘केन्द्रमा जस्तै प्रदेश र जिल्लामा युनियनका शाखाहरु सबै संगठनलाई समेटेर नेतृत्वदायी भुमिका खेल्नुपर्छ, तपाईहरु युनियनको जिल्लाको खम्बा हो, सोही प्रकारले नेतृत्वदायी भुमिका खेल्नुस्,’ उनले भने । सो क्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिङ केसीले पत्रकार महासंघमा यसपटक युनियनले वर्चश्व कायम गर्नुपर्ने बताए ।
प्रेस युनियनको छुट्टै इतिहास रहेको भन्दै सर्बसम्मत रुपमा महासंघको नेतृत्व चयन गर्न युनियनको केन्द्र र जिल्ला शाखाले विशेष पहल गर्नुपर्ने धारणा राखे। बैठकमा उपस्थित हुनु भएका जिल्ला अध्यक्षहरुले पनि आ–आफ्नो जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए
by-sudurpatra









ई-कर्णाली खबर
२५ माघ २०७७, आईतवार १६:२६