कार्यकर्ता वोक्दै सरकारी गाडीमा दुरुपयोग
कालिकोट, माघ २६ गते । कालिकोटका जिल्लाका स्थानीय तहले खरिद गरेका सरकारी गाडीले सरकारी कामकाजका लागी भन्दा पनि पार्टीका नेता, कार्यकर्ता तथा आफ्न्तको सेवामा वढि प्रयोग हुने गरेका छन ।
जिल्लाका नौ स्थानीय तह मध्य छ स्थानीय तहले गाडी खरिद गरेका छन । गाउँमा सडक वनेका कारणले शुभकालिका गाउँपलिकामा गाडी पुग्दैनन । तर पनि गाउँपालिकाले गाडी किनेर प्रयोगमा ल्याएको छ ।
मान्म,सेरीघाट,जिते,जम्ला,सुर्खेत जादा स्थानीय तहका जनप्रतिनिधिले कहिलेकाही प्रयोग गर्दा बिरोध हुन्छ । जनप्रतिनिधिले प्रयोग गरेको बिरोध गर्ने प्रचण्ड,माधव समुहका नेता तथा कार्यकर्ताले आईतवार भने आफ्ना कार्यकर्ता वोक्नमा प्रयोग गरेको पाईएको छ ।
प्रचण्ड,माधव समुह कालीकोटका इन्चार्ज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, कृषि मन्त्री बिमला केसि सहभागी कार्यक्रममा गाउँवाट कार्यकर्ता ल्याउने र पुगाउनेमा शुभकालिकाको गाडी दिन भरी प्रयोग गरिएपछि चौतर्फि बिरोध भएको छ ।
कर्णाली प्रदेशको ०१–००१,००९१ नम्वरको गाडीले कार्यकर्ता ओसार,पोसार गरेको पाईपछि ओली पक्षका कार्यकर्ताले सरकारी सम्पतीको दुरुपयोग भन्दै समाजिक सञ्जालमा फोटा पोस्ट गरेपछि सरकारी गाढी कार्यकर्ता वोक्नमा प्रयोग भएको सबैले सुचना पाए ।
सुचना पाएर पनि के भन्नु मुख्यमन्त्रीले नै प्रहरी र ट्रफिक प्रहरीलाई केही नरोक्न भनेपछि दिन भरी नै गाडीले कार्यकर्ता ल्याउने र पछि घर,घर सम्म पुगाउने काममा लाग्यो ।
गाउँपालिका उपाध्यक्ष मनराज शाहीले सरकारकै काममा गाडी सुर्खेत लिएका वेला महाँवैका प्रचण्ड,माधव समुहका कार्यकर्ताले चर्को बिरोध गरे । उपाध्यक्ष मनराज शाहीले आफुले प्रयोग गर्दा बिरोध भयो भन्ने नेताले किन आज प्रयोग गरे यसको पनि बिरोध हुनु पर्ने वताउनुभयो ।
सरकारी गाडी प्रयोग गर्न सहजिकरण गर्नु भएका प्रचण्ड,माधव समुहका जिल्ला स्तरका नेता चित्र सिहं गाउलेले भने एक पटक मात्र प्रयोग भएको स्वीकार गर्नुभयो । उहाँले महावैकै कार्यकर्तालाई पुगाउन पठाएको भन्दै दिन भरी प्रयोग नगरेको प्रतिक्रिया दिनुभयो ।
आईतवार कालीकोटमा प्रचण्ड,माधव समुहको महिला संगठनको भेला गरिएको थियो । सो भेलामा आउने महिला कार्यकर्तालाई शुभकालिका लगाएतका स्थानीय तहका सरकारी गाडी प्रयोग भएका थिए । यस भन्दा अगाडी नरहरीनाथ गाउँपालिकाको गाडीले पनि भाडा असुल्दै नागरिक वोक्दै आएको कुरा पनि सञ्चारमाध्यममा आएको थियो ।










ई-कर्णाली खबर
२६ माघ २०७७, सोमबार ११:२३