Loading... आजः २२ मंसिर २०८२, सोमबार

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न

कालिकोट माघ २६ / शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा आज खाँडाचक्र नगरपालिकामा सार्वजनिक सुनवाई सम्पन्न भएको छ ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र,इन्सेकद्धारा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम समेत रहेको खाडाचक्र नगरपालिकाको मान्ममा सर्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सहजिकरण गर्नु भएको कार्याक्रममा खाँडाचक्र नगरपालिका स्थित पञ्चदेव मावि, कालिका मावि पिलि लगाएतका विद्यालयमा चरम खानेपानीको समस्या रहेकोले समाधानका लागि आफूले पहल गर्ने खानेपानी सिंचाइ विकास कार्यालयका प्रमुख पूर्ण प्रसाद उपाध्यायले प्रतिवद्धता जनाउनु भयो ।

कोभिड भ्याक्सीनका विषयमा उठेका जिज्ञासाको जवाफ दिदै खाडाचक्र स्वास्थ्य शाखाका प्रमुख रविद्र सेजुवालले कोरोना भ्याक्सिनले सामान्ने असर परेपनि हालसम्म कसैलाई जटिल समस्या नआएकाले कसैले त्रशित हुन नपर्ने जानकारी गराउनु भयो ।

नेपाल खाद्य सस्थानका प्रमुख सागर वोलिले जिल्लावाट गुणस्तर हिन खाद्यन्न वितरण नभएको वताउनु भयो ।
कार्यक्रममा सहभागि स्थानीयहरुले विद्यालयमा खानेपानीको समस्या,बालपोषण रकम समयमा वितरण नहुने,जनता आवास कार्याक्रमा भइरहेको ढिलासुस्ती,खरमुक्त छाना वनाउने सरको घोषणा र कर्यान्वयनका सवालहरु उठान गर्नु भएको थियो ।