Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

जन्मदीनको अवसरमा बेसाहारा बालकलाई आर्थिक सहयोग

कालिकोट / जिल्लाको नरहरीनाथ गाउँपालिका वाडानं.८ लालु बाहुन गाउँ निवासी एक युवाले आफ्नो जन्म दिनमा खर्च हुने रकम जोखिम वालवालिकालाई प्रदान गर्नु भएको छ ।

 

बुबा टेकबहादुर बिष्ट र आमा नन्द्ररुपा बिष्टको कोखबाट जन्मीनु भएका समाजसेवी युवा बसन्त बिष्टले आफ्नो जन्मदिनको अवसरमा दैलेख जिल्लाको दुल्लु नगरपालिका वडानं.१ का तीन जना बेसाहारा बालकलाई आर्थिक सहयोग गनुभएको हो ।

 

आज पर्न गएको आफ्नो जन्मदिनको अवसरमा कालिकोट जिल्लाको बजारमा खानेकुरा मागि रहेको बेला आफुले उनिहरुलाई खाना ,नास्ता बस्नको लागि पैसा दिएको बिष्टका साथी बिजय बिक्रम शाहीले जानकारी दिनु भयो ।

 

जन्मदिनको अवसरमा होटेलमा हुने खर्चको जोहोगरी आफुले सानो भएपनि बेसाहारा बालकलाई सहयोग गरेको उहाँको भनाई छ । मान्ममा तीन जना वालक गाउने र सबैसंग सहयोग मागेर जिवन पालीरहेका छन ।