Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

माधव प्रचण्ड समुहका बिद्यार्थी नेता जुवाखाल वाट प्रक्राउ

कालिकोट / मध्यपश्चिम बिश्वबिद्यालयका स्वबियु सचिव भरत शाही जुवाको खालवाट प्रक्राउ पर्नु भएको छ । सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा स्वबियु सचिव शाहीलाई प्रहरीले प्रक्राउ गरी जुवा सम्वन्धीको कसुरमा थुनामा राखेको छ । माधव प्रचण्ड समुहको बिद्यार्थी संगठनका नेता समेत रहेका शाही सुर्खेतमा वसेर जुवा धन्दामा लागेको सुचना प्रहरीले पाएपछि लामो समय देखि खोजि गरिरहेको थियो ।

 

ठाउँ ठाउँमा जुवा खाल वनाएर खेलाउने आफै खेल्ने र सबै ठाउवाट जुवाको हप्ता उठाउदै आएको सुचना प्रहरीले पाएपछि स्वबियु सचिव शाहीलाई आज रंगेहात प्रक्राउ गरिएको प्रहरीले वताएको छ ।दैलेख चामुन्दा बिन्दावासिनी नगरपालिकाका स्वबियु सचिव शाही बिरेन्द्र नगर नगरपालिका वडा नं ८ को नौलापुर टोलवाट प्रक्राउ परेका हुन । शाहीले होटल सञ्चालकवाट पनि हप्ता उठाउदै आएको गुनासो समेत आफु कहाँ पुगेको प्रहरीले जनाएको छ ।

 

दैलेखको स्थाई ठेगाना भएका भरत शाहीको धन्दामा सुर्खेतका ब्यापारी पनि दिक्क भएको उहाँका साथीहरुले समेत वताएका छन । उहाँको पछिल्लो गतिविधि निकै गलत थियो । त्यसैको परिणाम आज कानुनको वाटोमा जानुभयो उहाँको शुभचिन्तकको भनाई ।

 

नाम नराख्न अनुरोध गदै शाहीले साथीहरुले भनेका छन । हामीले धेरै सम्झाउने प्रयास गरेका थियौ । तर मान्नु भएन आज आफै प्रहरीको फन्दामा पर्नु भएको छ । कानुन अनुसारको कार्वाही होस हाम्रो पनि माग हुन उनहिरुले सयुक्त रुपमा भनेका छन । जुवाको खालवाट प्रक्राउ परेका माधव प्रचण्ड समुहका बिद्याथी नेता भरतहवादुर शाही ।