खाँडाचक्र,१का बृद्ध,बृद्धालाई न्यानो कपडा बितरण
कालिकोट / जिल्लाको खाँडाचक्र नगरपालीकामा वडा नः १ बृद्ध बृद्धा र फरक क्षमता भएकाहरुलाई सामाग्री बितरण गरिएको छ ।
खाँडाचक्र नगरपालीका वडा १ का कार्यबाहक अध्यक्ष कमला शाहीको अध्यक्षता तथा नगरकार्यपालीका सदस्य धर्मराज ताम्राकारको प्रमुख आथित्यतामा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा बितरण गरिएको हो ।
वडा नः १ का ७० बर्ष पुरा भएका बृद्ध,बृद्धाहरुलाई र फरक क्षमता भएका ब्यक्तिहरुलाइ कपडा बितरण गरिएको हो । साथै जोखिममा रहेका बालबालीकाहरुलाई शैक्षिक सामाग्रि पनि बितरण बताईएको छ।









ई-कर्णाली खबर
२९ माघ २०७७, बिहीबार १५:३६