Loading... आजः १९ मंसिर २०८२, शुक्रबार

हट्यो कालिकोटमा कोरोना संक्रमणको त्रास, पुरानै शैलिमा फर्किदै जिल्ला भरीका सामुदायिक बिद्यालय

कालिकोट / झण्डै दुई महिना यता कालिकोटका नयाँ कोरोनाका बिरामी नभेटिएपछि जिल्लामा कोरोनाको त्रास पुर्णरुपमा हटेको छ । कोरोनाको त्रास समुदाय स्तरवाटै हटेपछि नौ महिना देखि वन्द रहेका बिद्यालय पुरानै अवस्थामा फर्किन थालेका छन ।

 

गत चैत्रमा वन्द भएका बिद्यालय नौ महिना पछि गत मंसिर महिनावाट छिटफिट रुपमा खुल्न थालेका थिए । समुदायमा कोरोना छ की भनेर सचेत पुर्ण तरिकाले खुलेका सामुदायिक बिद्यालयहरु आज भोली भने पुरानै शैलिमा फर्किएका छन ।

 

सामाजिक दुरी कायम र स्वास्थ्य माप्दण्ड अपनाएर सञ्चालनमा आएका बिद्यालयमा आज भोली भने परेड खेलाउन थालिएको छ । समुदाय तथा बिद्यालयमा जाने वालवालिकामा कोरोनाको त्रास पुर्णरुपमा हटेपछि सबै बिद्यार्थीलाई लाइनमा लगाएर परेट खेलाईन थालिएको बिद्यालयले जानकारी दिएका छन ।

 

शान्नीत्रिवेणी गाउँपालिका वडा नं आठको डाफे माध्यमिक बिद्यालयका प्रधानाध्यापक हिरामणी सिम्खाडाले आफ्नो बिद्यालयमा कुनै कोरोनाको डर नभएको वताउनुभयो । उहाँले बिद्यार्थीलाई दैनिक नेतृकर्म गर्न थालिएको र बिभिन्न खेलकुद प्रतियोगीता पनि सुरु भएको वताउनुभयो ।

 

कुनै पनि बिद्यार्थीमा कुनै लक्षण छैन । हामी पुरानै अवस्थामा आएका छौ । नौ महिना सकुसल अवतरण पछि बिद्यालय पुरानै अवस्थामा फर्किदा सबैमा उत्साह छाएको वताउनुभयो । खाँडाचक्र नगरपालिका वडा नं तीनमा रहेको जनजिवन माविमा पनि कोरोना सङ्क्रमणको त्रास पुर्ण हटेपछि बिद्यालय पुरानै शैलिमा सञ्चालनमा आएको पाईएको छ ।

 

बिद्यालयका शिक्षक बिना शाहीले कोरोनाको कुनै डर कसैमा नभएकाले पहिलाकै अवस्थामा बिद्यार्थीलाई लाइनमा परेट खेलाउने देखि शुक्रवारिय कार्यक्रम लगाएतका गतिबिधि सुरु गर्न थालिएको वताउनुभयो ।

 

बिद्यार्थी संख्या धेरै भएको रास्कोट नगरपालिकाको वडिमालिका माध्यमिक बिद्यालय पनि पहिलाको जस्तै भिडभाड हुन थालेको छ । बिद्यालयका प्रधानाध्यापक पुष्पराज वरालका अनुसार कक्षा १२ सम्म पढाई निरन्तर चलिरहेको छ ।

 

बिद्यार्थी संख्या पनि पुरै सहभागी भएको प्रअ वरालले वताउनुभयो । शिक्षा बिकास तथा समन्वय ईकाइ कालीकोटका प्रमुख महेश देवकोटाले पनि जिल्लाका सबै बिद्यालय बिना त्रासमा सञ्चालनमा आएको वताउनुभयो । सबै ठाउँमा शुक्रवार पनि पुरै पठनपाठन भईरहेको छ । कालीकोटमा दुई महिना यता कुनै पनि कोरोनाका बिरामी नयाँ छैनन । कुनै पनि कोरोनाका लक्षण देखा नपरेपछि परीक्षणमा पनि नागरिकले चासो नदिदा कोरोना कालीकोटमा पुर्ण रुपमा अन्ते भएको स्वाथ्यक्रर्मीको अनुमान छ ।

 

कोरोना बिषेश अस्पतालका इन्चार्ज दिपवहादुर रावलले हामीले केही संका भएकालाई परीक्षण गर्न भनेका छौ । उहाँहरुले आफुलाई कोरोनाको कुनै लक्षण नभएको मौसमी रुगाखोकी मात्र भएको दावि गरेका कारणले परीक्षणमा जोड नगरेको रावलको भनाई छ ।