सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम
सुर्खेत / सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो ।
कर्णाली प्रदेशका उजागर युवा उद्यमी केशव कठायतको निजी लगानीमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ निर्माण भई संचालनमा आएको हो ।संचालक कठायतका अनुसार ‘कुलिनरी द हस्पीटाली सेन्टर’ सुर्खेतले पर्यटन विकासको लागि कर्णालीको अर्गानिक खाद्यन्नको बजारिकरण गर्न र हस्पालिटी मार्फत दक्ष जनशक्ति उत्पादन गरेर कर्णाली मै रोजगारीको अवसर प्रदान गर्ने उद्येश्यले संचालनमा आएको वताएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री वुढाले कर्णालीमा पर्यटन प्रर्बद्धन मार्फत रोजगार सिर्जना गर्ने उद्येश्यले थुप्रै कार्यक्रम ल्याएको वताए । पर्यटन प्रर्वद्धनको क्षेत्रमा निजी क्षेत्रको निकै ठुलो भुमीका रहेको,निजी क्षेत्रलाई जुनसुकै अबस्थामा सहयोग र सर्मथन गर्न कर्णाली सरकार र आफ्नो मंन्त्रालय तत्पर रहेको वताए ।
यस ‘कुलिनरी द हस्पीटालि सेन्टर’बाट उत्पादित जनशक्तिलाई कर्णाली मै व्यबसायिक रुपमा लागिपर्न आग्रह गरे र त्यसको लागि कर्णाली सरकारले अनुदानका कार्यक्रम सरकारले ल्याउने समेत जानकारी दिए ।
सुन्दर,शान्त र बजारको कोलाहलबाट थोरै टाढा संचालनमा आएको ‘कुलिनरी द हस्पीटालि सेन्टर’ले कर्णाली प्रदेशमा एक नयाँ ढंगको अवसर सिर्जना गरेको छ । उद्घाटन कार्यक्रमा उपस्थित व्यक्तिहरुले कर्णालीमै उत्पादन भएको खाद्यन्नबाट निर्मित परिकारहरुको स्वाद समेत लिएका थिए ।
संचालनमा आएलगतै यस ‘कुलिनरी द हस्पीटालि सेन्टर’मा २० जना भन्दा बढि कर्णालीका युवाहरुले सिप सिक्ने मौका पाएका छन् । र यो प्रक्रियालाई चरणबद्ध रुपमा अघि वढाइने संचालक कठायतको धारणा रहेको छ ।
सुर्खेतमा पर्यटनको क्षेत्रमा यो एउटा नयाँ आयामको रुपमा सावित भएको र यसले कर्णालीको अर्गानिक खाद्यन्नलाई विश्व वजारमा वजारीकरण गर्नमा ठुलो टेवा पुर्याउने सर्वसाधारण हरुको धारणा रहेको थियो । by-kusenews बाट









ई-कर्णाली खबर
३० माघ २०७७, शुक्रबार १५:३७