तिलागुफामा आगलागी चार घर जलेर नष्ट
कालिकाेट । जिल्लाकाे तिलागुफा नगरपालिका वडा नं २ काे रताडामा आगलागी हुदा चार घर जलेर नष्ट भएका छन । तिलागुफा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टिकाराम न्याैपानेले शुक्रबार बेलुका रताडामा आगलागी हुदा चार घर जलेर नष्ट भएकाे जानकारी दिए । उनका अनुसार स्थानिय नागरिक र प्रहरीकाे सक्रियतामा आगाे नियन्त्रण गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी ईन्सपेक्टर भुपेन्द्र शाहीले रताडामा भएकाे आगलागीबाट चार घर जलेकाे र ती घरमा बस्ने ६ परिवारहरु आफन्तकाे घरमा बिस्थापित भएकाे बताए । उनले भने, आगलागी हुनुकाे कारण खुलेकाे छैन ।
दिउसाे आगलागी भएकाले मानविय क्षेती भएन । ६,वटा बाख्रा जलेका छन । घरमा रहेकाे अन्न, जेन्सी समानहरु सबै जलेका छन । स्थानिय नागरिक र प्रहरीकाे सक्रियताले आगाे नियन्त्रण गरीयकाे हाे ।
दुई महिना अघि मात्र तिलागुफा नगरपालिका वडा नं ४ काे दलित बस्तिमा सुधारिएकाे चुलाेकाे धुवा जाने पाईपबाट आगाेका झ्रिका जादा खरले छाेएकाे घरमा आगलागी भएकाे थियाे । जहाँ १२ घर जलेका थिए ।









ई-कर्णाली खबर
१ फाल्गुन २०७७, शनिबार ०२:३५