कालिकोट–बाजुरा सिमाबिबाद समाधानगर्न पहल
कालिकोट / कालिकोट–बाजुरा सिमाबिबाद समाधान गर्न दुई जिल्लाको सयुक्त सुरक्षा समन्वय समितिको बैठक बसेको छ । सिमाबिाबाद, कर्णालीकरिडोरको यातायात सेवालाई व्यवस्थित बनाउन लगायतका बिषयमा कालिकोट–बाजुराका सुरक्षा समन्वय समितिको सयुक्त बैठक बसेको हो ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले कालिकोट–बाजुरा सिमा बिबाद समाधा गर्न पहलगर्ने, कर्णाली करिडोरमा संचालन भएका साना सवारी साधनहरु संख्या, भाडादर, क्वीमा गाडी संचालनगर्ने लगायतका बिषयमा दुवै जिल्लाका सुरक्षा समन्वय समितिको सयुक्त बैठक बसेको जानकारी दिए । उनकाअनुसार जिल्लाको पलाँता गाँउपालिका वडा नं. १ को राफडाँडा, थालिकाथला, सेतामाटा, पचालझरना गाँउपालिका वडा नं ६ लैफु, बाजुरा जिल्लाको खापर गाँउपालिका वडा नं. २ को फुयालगाँउ, बम्मनथान, लौरी गाँउबीच देखिएको सिमा बिबादका बिषयमा समाधानका लागि छलफल गरिएको छ ।
बाजुरा काजिल्ला समन्वय समितिप्रमुख, कालिकोटको पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बम, पचालझरना गाँउपालिका उपाध्यक्षतारा न्यौपाने, दुवै जिल्लाका सुरक्षानिकायका प्रमूखहरु सहितको बैठकले कालिकोट–बाजुरा सिमाबिबाद समाधान गर्न पुराना अभिलेख तथा बिज्ञहरुको सुझावका आधारमा समाधानगर्ने, कर्णाली करिडोरमा साना सवारी साधनको भाडादरमा एकरुपता ल्याउने, प्रतिकिलो मिटर ११ रुपैयाका दरले भाडा लिने, भाडा दर गाडीमा टास्नुपर्ने, क्यूकाआधारमा गाडी संचालन गर्नु पर्ने, कर्णाली करिडोरको गाडी जाने भागसम्म याता,यात सेवा संचालनगर्ने जस्ता महत्वपुर्ण निर्णय भएको जिल्लाप्रहरी कालिकोटका प्रमूख डिएसपी चक्रबहादुर शाहाले बताए । उनकाअनुसार यसले कर्णाली करिडोर माया त्रुहरुले बिगतमा भोक्नु परेका समस्याहरु न्यूनिकरण्ढा हुनुका साथै सिमाबिबादका बिषयमा निर्णयक रुपमा छलफल भएको छ ।









ई-कर्णाली खबर
१ फाल्गुन २०७७, शनिबार १२:१७