Loading... आजः २२ मंसिर २०८२, सोमबार

नरहरिनाथ गाउँपालिकाकाले गर्‍यो १ सय ५५ शहिद परिवारलाई सम्मान

कालिकोट / जिल्लाको नरहरिनाथ गाउँपालिकाले १ सय ५५शहिद परिवारलाई सम्मान गरेको छ । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सदस्य बिष्णु बि.क लगायतको उपस्थीतीमा कार्यक्रमा गरीएको हो।

 

नरहरिनाथ गाउँपालिकाले फागुन १,गते अर्थात जनयुद्ध दिवसको अवसर पारी गाउँपालिका का शहिद परिवारलाई कोरीयन,कम्मल, ब्लाङकेट बितरण गरी सम्मान गरेको गाउँपालिका अध्यक्ष धीर बहादुर बिष्टले जानकारी दिनु भयो।

 

ज्ञात,अज्ञात शहिदका सम्झनामा उनका परिवारलाई हरेक बर्ष सम्मान कार्यक्रम गर्दै आएको गाउँपालिकाले आज पनि गाउँपालिका भरीका१ सय ५५ शहिद परिवारलाई सम्मान गरेको बताईयकाे छ।