Loading... आजः २२ मंसिर २०८२, सोमबार

विद्यार्थिलाई अधुरो भवनमा राखेको भन्दै ताला लगाएको हु-अध्यक्ष बम

कालिकोट -जिल्लाको पलाँता गाउँपालिका वडा नं १ खाडाको गणेश आधारभुत विद्यालयको दुई कोठे भवन सम्पन्न नभएकै विद्यार्थिलाई अधुरो भवनमा राखेको भन्दै आफुले विद्यालयको भवनमा ताला लगाएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वमले बताउनु भयो ।

 

केही संञ्चार माध्याममा नराम्रो भ्रम फैलाउनका लागी गाउँपालिका अध्यक्षले नै विद्यालयमा ताला लगाएर भनेप्रचार वााजी गरेको प्रति आफ्नो घोर आपती रहेको उनले बताउनुभयो ।

 

आफ्नो निजि लगानी बाट भवनका लागी हालेको वजेट भएको भन्दै। निर्माण भइरहेको भवनमा जोखिम हुने हुदा विद्यार्थिलाई अधुरो भवनमा राखेर पठन,पाठन गरेको भन्दै आफुले निर्माण सम्पन्न नहुँदा सम्म विद्यालयमा ताला लगाएको प्रतिक्रिया दिनुभयो ।

 

अध्यक्ष वमले भने, लगानी अनुसारको काम भएकै छैन , प्रविबधिक स्टेमेड अनुसारको काम भएकै छैन । गुणस्थरहिन कामलाई लुकाउनका लागी उपभोक्ता समिति, र विद्यालयलको मिलो मतोमा अधुरो भवनमा हतारमां विद्यार्थि राखेपछी आफुले छानविन नहुँदा सम्मको लागी ताला लगाएको र अझै भवनको भुक्तानी भएको छैन ।बताईएको छ ।  by-newssajhakarnali