आज श्रीपञ्चमी,सरस्वति पूजा मनाइँदै
कालिकोट / माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।
यो दिन देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरी यो पर्व मनाइन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ।
यो दिन सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास रहेकाले सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो । ऋग्वेदमा वाग्देवीका नामले सरस्वतिले प्रसिद्धि पाएकी छिन् ।









ई-कर्णाली खबर
४ फाल्गुन २०७७, मंगलवार ०३:१५