Loading... आजः २१ मंसिर २०८२, आईतवार

रताडाका अग्नी पीडितलाई राहत

कालिकोट / जिल्लाको तिलागुफा नगरपालिका वडा नं। २ रताडाका अग्नी पीडितलाई राहत बितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाईमा बिभिन्न संघ संस्थताहरुले रताडाका अग्नी पीडित ६ परिवारहरुलाई राहत बितरण गरिएको हो ।

 

गत शुक्रबार मात्र रताडामा भएको आगलागीबाट पदमबहादुर बिक, झुप्रि विक, भैरे विक, दिपक बिक, अनिपाल विक र धनि विकको घर जलेको थियो । उनीहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रति परिवार दुई कम्मल, तीन हजार रुपैसाका दरले राहत बितरण गरिएको प्रमूख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार आगलागीबाट समस्यामा परेका ६ दलित परिवारहरुलाई बिभिन्न निकायबाट आबश्यक समाग्रीहरु सहयोग गरिएको छ ।

 

यस्तै नेपाल रेडक्रस सोसाईटीबाट प्रतिपरिवार एक सेट भाँडा, एक कम्मल, एक सेट लत्ताकपडा, एक त्रिपाल सहितका सामानहरु बितरण गरिएको रेडक्रस जिल्ला शाखाका सभापती बलप्रसाद संज्यालले बताए । उनका अनुसार आगलागीबाट पीडित परिवारहरुलाई तत्कालको समस्या समाधान गर्ने गरी अत्यावश्यक सामानहरु सहयोग गरिएको हो ।

 

तिलागुफा नगरपालिका प्रमूख रतनबहादुर शाही, जिल्ला प्रहरी प्रमूख डिएसपी चक्रबहादुर शाहा, सशष्त्र प्रहरी गुल्म कालिकोटका प्रमूख डिएसपी रामबाबु पाली बागटी, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य तथा नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष बिस्नप्रसाद न्यौपाने लगायतका सरोकारवालाहरुको उपस्थितिमा तिलागुफा नगरपालिका सहित बिभिन्न गैर सरकारी निकायहरुले दाल, चामल, नुन, तेल सहितका सामानहरु पनि बितरण गरिएको छ ।

आगलागीले बर्षेनी क्षेती
२०७५ साल पुस ८ गते जिल्लाको पलाँता गाँउपालिका वडा नं। १ खाडामा यही पुस ८ गते राती भएको आगलागीमा ३२ घरमात्र जलेका थिए । खाडामा भएको आगलागीमा ३२ घरहरु पुर्ण रुपमा जलेर नष्ट भए । अन्य आश्रीत परिवार समेत जोडेर ४२ परिवारहरु प्रभावित भएका थिए । लाखौको धन माल क्षेती भयो ।

 

यस्तै गत बर्षको चैतमा पनि जिल्लाको पचालझरना गाँँउपालिका वडा नं। ३ स्थित खाद्रुमा घरमा आगलागी हुँदा ३५ बाख्रा जलेर नष्ट भएका थिए । स्थानिय लोकेन्द्र कठायतको घरमा आगलागी हुँदा गोठमा हुलेका ३५ वटा बाख्रा जलेर नष्ट भएका थिए । आगलागीबाट ४ लाख बराबरको क्षेती भएको थियो ।

 

जंगलबाट आएको आगो घरमा सल्कीएर गोठमा हुलेका ३५ बाख्रा जलेका थिए । यो बर्ष पनि दुई पटक आगलागी भएको छ । गत पुसमा राचुलीको दलित बस्तीमा भएको आगलागीबाट १३ घर जलेका थिए । लाखौको क्षेती भयो । गत शुक्रबार रताडामा आगलागी हुँदा ६ परिवारको बिचल्ली नै भएको छ ।