Loading... आजः २१ मंसिर २०८२, आईतवार

रास्कोटका मेयर ओली खेमामा

कालीकोट, फागुन ४ । कालीकोटको रास्कोट नगरपालिका प्रमुख काशिचन्द्र वराल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा उभिएको घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा नै आधिकारीक भएको भन्दै मेयर बराल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा रहेको घोषणा गर्नुभएको हो ।

 

उहाँले फागुन १४ गते सुर्खेतमा हुने आमसभाको तयारीका लागि आफूलगाएका नेताहरु जुटेको भन्दै प्रचण्ड र माधव नेपाल समुहमा लागेर नेकपाको हित नहुने बताउनु भयो । उहाँले प्रचण्ड माधव समुहमा नलागी ओली नेर्तत्वको नेकपा नै रोज्नसमेत सवैलाई अपिल गर्नुभएको छ । उहाँले आफुले समयमै निर्णय गरेकाले आफूले रोजेको नेकपा नेतृत्व नै रोज्न नगर, जिल्लादेखि देशभर सबैलाई अनुरोध गर्नुभयो ।

 

तत्कालिन नेकपा माओबादी केन्द्रवाट रास्कोट नगरप्रमुखमा बिजयी हुनुभएका वराल भुमिगत कालमा पनि माओबादीको भेरीकर्णाली ब्युरो सदस्य हुनुहुन्थ्यो । भुमिगत कालमा सञ्चार मोर्चा समाल्नु भएका वराल माओबादीभित्रको वौद्धिक नेताका रुपमा चिनिनुहुन्छ । २०५४ सालमा नेकपा एमालेवाट फुकोट गाबिस अध्यक्षमा निर्वाचित वराल देशमा चलेको शशस्त्र द्धन्द्धमा लाग्नुभयो । उहाँ आफ्नो जेठानको सरकार पक्षले हत्या गरेपछि सरकारी बिरोधमा लाग्नुभएको थियो ।

 

रास्कोटका जनताले राजेर मात्र नगरप्रमुखका लागि पार्टीबाट उहाँले उम्मेदवारी पाउनुभएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले नचाहेर पनि कार्यकर्ता र जनताले काशिचन्द्र वराल भन्दा अर्को कुनै ब्यक्तिलाई टिकट दिएमा नेकपा एमालेको उम्मेदवार विजय गराउने सार्वजनिक रुपमै आवाज उठेपछि माओबादीले वाध्यतावस वराललाई उम्मेद्वार बनाएको थियो । तात्कालिन समयमा एमाले उम्मेदवार मनि वरालसंग दुई सय ६० मतान्तरले बिजयी वराल रास्कोटका नागरिकका प्रियपात्र समेत हुनुहुन्छ ।

 

नेकपा रास्कोटका अध्यक्ष दयाराम सिम्खडाले मेयर बरालको प्रवेश संगै धेरै कार्यकर्ता आफ्नो समुहमा आउन लागेको वताउनुभयो । हामीले सबैलाई छलफल गरिरहेका छांै । ओली नेतृत्वको नेकपा नै आधिकारी भएको भन्ने बिस्तारै कार्यकर्ताले वुझ्दै हुनुहुन्छ । पूर्वएमालेका भन्दा पनि पूर्वमाओबादी तर्फका नेता तथा कार्यकर्ता धेरै आउने तयारी भईरहेको छ,’ अध्यक्ष सिम्खडाले भन्नुभयो ।

 

यसअघि जिल्ला सदरमुकाम समेत खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले पनि ओली नेतृत्वको नेकपामा रहेको घोाषणा गर्दै कार्यक्रममा समेत सहभागी वन्नुभएको थियो । ११ वडा रहेको खाँडाचक्रमा वहुमत वडाअध्यक्षसहित प्रमुख पाण्डेले ओली नेतृत्वको नेकपा रोज्नु भएको थियो । अर्का मेयर पनि ओली नेकपामै उभिएपछि कालिकोटको जनताका प्रिय दुवै नगरप्रमख मुलधारको नेकपामै रहनुभएको हो ।