Loading... आजः २२ मंसिर २०८२, सोमबार

नरहरिनाथ गाउँपालिकाद्वारा ६,२५ जना आमाहरुलाई फिल्टर वितरण

कालिकोट / जिल्लाको नरहरिनाथ गाउँपालिकाले पानी शुद्द गर्ने फिल्टर वितरण गरिएको छ। मंगलबार गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको अध्यक्षतामा भएको एक औँपचारिक कार्यक्रममा “सुनौलो हजार दिनका आमाहरुसँग उपाध्यक्ष कार्यक्रम” अन्तर्गत ६,२५ जना आमाहरुलाई फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार गाउँपालिका भित्र रहेका गर्भवति महिला तथा नवजात शिशुहरुको स्वास्थ्य स्थितिमा अनुकुलता होस् भन्ने उदेश्यले खानेपानी सुद्दिकरणका लागि फिल्टर वितरण गरिएको बताईएको छ। कार्यक्रमा गाउँपालिका अध्यक्ष धीर बहादुर बिष्ट, प्रमुख प्रसाशकीय अधिकृत दुर्गालाल न्यौपाने,र गाउँ पालिका भित्रका गर्भवति महिलाहरुको सहभागिता रहेको थियो