Loading... आजः २० मंसिर २०८२, शनिबार

घाईते वालकलाई पछाडी ब्याक गरेर मारेपछि

कालिकोट फागुन ५  / जिल्लाको रास्कोट नगरपालिका वडा नं सातको सान्नीघाट वजारमा गाडीले किचेर वालकको मृत्यु भएको छ । कर्णाली करिडोरमा सञ्चालीत मे १ ज ११४९ नम्वरको जिपले सान्नीघाटमा ब्यापार गदै आएका गोबिन्द्र सिम्खाडाको दुई वर्षिय छोरा प्रेम सिम्खाडा लाई टक्कर दिएको थियो ।

 

सामान्य घाईते भएका वालकलाई मार्नका लागि चालकले गाडी पछाडी ल्याएर टाउँकोमा टायर चढाएर मारेको स्थानीयले वताएका छन । गाडी क्रस हुने क्रममा वच्चालाई सामान्य ठक्कर दिएको थियो । स्थानीयले वच्चालाई मार्यो भनेर हल्ला गरेपछि चालक उमाकान्त पाठकले ब्यागर गरेर वच्चाको टाउँकोमा टायर चढाएर मारेको स्थानीय कर्ण बिश्वक्रर्माले वताउनु भयो ।

 

हामीले समात चालकलाई भनिरहेका थियौँ । तर उसले हतारमा ब्याक गरेर वच्चाको हत्या गरेको हो । वच्चालाई हत्या गरेर चालक नजिकै रहेको अस्थाई प्रहरी चोकीमा पुगेका थिए । प्रहरीले चालकलाई सुरक्षामा राखेको छ । स्थानीयले गाडीलाई पचास मिटर धकेलेर पुलमा ल्याएर जलाएका छन । स्थानीयले चालकलाई पनि जलाउन दिनु पर्ने भन्दै प्रहरी चौकीमा समेत तोडफोड गरेका छन । जिल्ला वाट गएको प्रहरी टोलीले चौकीको सुरक्षा गरिरहेको छ ।

 

स्थानीय र वालकका आफन्तले भने समितिका मान्छे, चालकलाई राखेर मात्र छलफल गर्ने र प्रहरीलाई मुचुल्का गर्न दिने अडान लिएका छन । चालकको प्रति हत्या गरेर वदला लिने योजनामा स्थानीय र वालकका आफन्त छ ।

 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रवहादुर शाहले घटना भएको र त्यहाँ जिल्लावाट प्रहरी निरिक्षक महेश शाहीको नेतृत्वमा प्रहरी पठाएको वताउनुभयो । ब्याक गरेर मारेको भन्ने आफुलाई केही जानकारी नआएको वताउनुभयो ।