Loading... आजः २० मंसिर २०८२, शनिबार

परीक्षामा टिकटक बनायको भन्दै विद्यार्थी,निरीक्षक र प्रधानाध्यापक कारबाही

दैलेख फागुन ५ / कक्षा १२को परीक्षाकामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ । परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसार दैलेखको कालिका मावि, सिंहासैनका विद्यार्थी रोशनकुमार शाही कारबाहीमा परेका हुन् ।

 

गत मंसिरमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाका समयमा भएका गतिविधिलाई शाहीले भिडियो बनाएर टिकटकमा हालेका थिए । उनको चालु खण्डको सबै विषयको परीक्षा रद्द गरिएको सूचनामा जनाइएको छ । यसैगरी, सो विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष चक्रबहादुर शाही पनि कारबाहीमा परेका छन् ।

 

 

उनीहरु दुवैलाई बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षासम्बन्धी गतिविधिमा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको सूचनामा उल्लेख छ ।