अव आउने निर्बाचनहरुमा दलितहरु भोट बैङको रुपमा प्रयोग नहुने
कालिकोट / दलित सेवा संघ कर्णाली प्रदेशका सचिब तथा सामाजिक समानाका लागि बिकास साझेदार समाज पेडसन नेपाल कालिकोटका अध्यक्ष रमेश नेपालीले अव आउने निर्बाचनहरुमा दलितहरु भोट बैङको रुपमा प्रयोग नहुने बताउनु भयको छ ।
दलितत सेवा संघको ९ औ जिल्ला स्तरिय साधारण सभा कार्यक्रममा सोकुरा बताउनु भएको हो । जातिय छुवाछुत अन्य गरौ ,, समुन्नत सामाजको अन्त्य गरौ भन्ने मुल नाराका साथ कार्यकम संचालन गरिएको थियो ।
कार्यक्रममा दलित सेवा संघका अध्यक्ष दान बहादुर बि क को अध्यक्षता ,दलित सेवा संघ कणाली प्रदेशका सचिब रमेश नेपालीको प्रमुख आथित्यता ,नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला कमिटि सदस्य एबम तिलागुफा नगर कमिटिका अध्यक्ष दिनेश चदराको बिषेश आथित्यता तथा दलित अगुवा बाले बिश्वकर्माको बिषेश उपस्तिथीमा कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा जन प्रतिनिधि लगायतका दलित अधिकारकर्मिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पुरानै समितिलाइ नै यथासिग्र गर्ने दलित सेवा संघ कणाली प्रदेशका सचिब रमेश नेपालीले जानकारी दिनुभयो ।









ई-कर्णाली खबर
७ फाल्गुन २०७७, शुक्रबार १५:४०